Logo

अर्थतन्त्रमा कोरोना प्रभाव : समस्या पेश गर्न व्यवसायीलाई अर्थमन्त्रीको सात दिने म्याद

अर्थतन्त्रमा कोरोना प्रभाव : समस्या पेश गर्न व्यवसायीलाई अर्थमन्त्रीको सात दिने म्याद



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा असर परेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई सुझव पेश गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आईतबार नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा नेपाल बैंकर्स संघका पदाधिकारीहरुसँग छलफल गर्दै अर्थमन्त्री खतिवडाले कोरोना भाइरसका कारण उद्योग व्यवसायमा परेको असर वारे एक हप्ताभित्र लिखित सुझाव पेश गर्न आग्रह गरेका हुन् ।

laxmi

कार्यक्रममा उद्योगी व्यवसायीले विश्वभर फैलिएको कोरोना भाइरसका कारण धेरैजसो उद्योग व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै व्यवसाय कर्जाको व्याजमा छुट दिनका साथै राहतका प्याकेज ल्याउनुपर्ने बताएका थिए । विशेषगरी पर्यटन, हवाई तथा निर्यात व्यापारमा ठूलो असर गरेको भन्दै त्यस्ता उद्योग व्यवसाय टिकाउनका लागि सरकारले तत्काल राहतका प्याकेज ल्याउनुपर्ने बताएका थिए ।

बैंठकमा उद्योगी व्यवसायीले कोरोना भाइरसका कारण उद्योग व्यवसायमा परेको समस्याको बारेमा आ–आफ्नो धारणा राखेको र अर्थमन्त्री खतिवडाले उक्त समस्याहरु एक हप्ता भित्र लिखित रुपमा पेश गर्न आग्रह गरेका नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । ‘बैंठकमा उपस्थित हामी सबै निजी क्षेत्रले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालको उद्योग व्यवसायमा परेको असर बारे अर्थमन्त्रीलाई जानकारी गराएका थियौं,’ उनले भने, ‘हाल परेको असरबारे लिखित सुझाव सहित अबको एक हप्तामा पुनः अर्को बैंठक बस्ने सहमति भएको छ ।’

कार्यक्रममा नेपाल बैंकर्स संघले पनि अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायी, सरकार र बैंकहरुबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले विश्वभर फैलिएको कोरना भाइरसको असर नेपाली अर्थतन्त्रमा पनि परेको यसलाई सबै मिलेर सामाना गर्नुपर्ने बताए । साथै तत्काल उद्योगी व्यवसायी माथी परेको समस्या तथा समाधानको विषयमा लिखित रुपमा ल्याउने आग्रह गर्दै एक हप्ताभित्रै पुनः अर्को बैंठक बस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL