Logo

घट्यो बजेटको आकार, पूँजीगत खर्च ८० प्रतिशत मात्रै

घट्यो बजेटको आकार, पूँजीगत खर्च ८० प्रतिशत मात्रै



काठमाडौं । अर्थमन्त्री डा. युवरा खतिवडाले चालु आर्थिक बर्षको बजेट घटाएका छन । चालु आवको बजेटको अर्धबार्षिक समिक्षा गर्दै मन्त्री खतिवडाले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटलाई घटाएर १३ खर्ब ५० अर्बमा पुर्याएको बताएका हुन ।

चालु आवको अर्धबार्षिक समिक्षा गर्दै उनले राजस्व संकलनको लक्ष्य, आर्थिक बृद्धि लगायतको बारेमा जानकारी दिएका थिए । चालु आवको बजेटको अर्धबार्षिक समिक्षा गर्दै उनले चालु आवमा पूँजीगत खर्च ८० प्रतिशतमात्रै हुने बताएका छन ।

यस्तै उनले कुल खर्च ९० प्रतिशत र राजस्व संकलन ९० दशमलव ५ प्रतिशत हुने बताएका छन ।
उनका अनुसार पछिल्लो ६ महिनामा ४ खर्ब ५६ अर्ब १८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ जुन गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो । यस्तै चालु आवमा कर राजस्वको वृद्धि ९ प्रतिशत र गैरकर राजस्वको वृद्धि ५० प्रतिशत रहेको उनको भनाई छ ।

यस्तै यो बर्षको बजेटमार्फत राष्ट्रिय गौरवका आयोजनामा १ खर्ब २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएकोमा पछिल्लो ६ महिनामा २० अर्ब २० अर्ब ४१ करोड अर्थात १९ प्रतिशत खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL