Logo

औद्योगिक प्रविधिको विकास गर्न उद्योग मन्त्रालय र आविष्कार केन्द्रबीच सहकार्य

औद्योगिक प्रविधिको विकास गर्न उद्योग मन्त्रालय र आविष्कार केन्द्रबीच सहकार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्न लागेको मन्त्री जोशीले जानकारी दिए ।

यसैगरी तराईमा नेपाली वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परिक्षण गरी त्यसको व्यवसायिक उत्पादन सम्भव छ/छैन एकिन गर्ने समेत मन्त्री जोशीले बताए ।

केन्द्रले उत्पादन गरेको विद्युतिय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने भएको छ ।

यसका साथै नेपाली किसानहरुलाई सरल र सह्लियत मुल्यमा धान काट्ने मेशिन उपलब्ध गराउन यस्तो मेशिनको आविष्कारको लागि समेत राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पु¥याउने छ ।

आविष्कार केन्दको क्षमता विस्तारलाई ध्यानमा राखी उद्योग मन्त्रालयले १ करोड ५० लाख रुपैंया अनुदान सहयोग उपलब्ध गराउन वजेटमा व्यवस्था गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL