Logo

माथिल्लो तामाकोशी जलविद्युत आयोजना विरुद्ध अख्तियारमा उजुरी, अनिश्चित बन्दै सेयर निष्काशन

माथिल्लो तामाकोशी जलविद्युत आयोजना विरुद्ध अख्तियारमा उजुरी, अनिश्चित बन्दै सेयर निष्काशन



काठमाडौं । बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा चरम भ्रष्टाचार भएको भन्दै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोजनालाई भ्रष्टाचार लगायतको बिषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत आयोजनाले वास्ता नगरे पछि मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको आन्दोलनका संयोजक बर्मा लामाले जानकारी दिए ।

संयोजक लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्दै २० दिन भित्रमा आयोगले छनविन गर्ने बताएका छन । साथै लामाले आफुहरुको आन्दोलन समेत जारी रहने बताएका छन ।

यसै बीच आयोजनाले स्थानीय वासीका लागि जारी गर्न लागेको सेयर पनि समयमै नआउने पक्का भएको छ । सेयर निष्काशन गर्ने र निष्काशन अनुमति दिने निकाय तामाकोशी जलविद्युत आयोजना र धितोपत्र बोर्डबीचको आरोप प्रत्यारोप बढ्दै गएपछि सेयर निश्कासनमा ढिला हुने भएको हो ।

तामाकोशी आयोजनाको सेयर निष्काशनका लागि सबै काम सम्पन्न भएकाले अब धितोपत्रबोर्डको स्वीकृति आउन मात्र बाँकी रहेको आयोजनाको प्रमुख कार्यकारी बिज्ञान श्रेष्ठले बताएका छन । ‘हाम्रो तर्फबाट सबै कागजात पठाइसकेका छौं,’ उनले भने, ‘तर, धितोपत्र बोर्डले स्वीकृति दिन ढिलाई गरेको छ ।’

तर स्वीकृति प्रदान गर्ने निकाय धितोपत्रबोर्डका सह प्रवक्ता निरन्जय घिमिरेले भने सबै कागजी फाईलको बारेमा बोर्डले सोधेको प्रश्नको जवाफ नआएको बताएका छन । साथै सेयर बिक्री सम्झौताको फाईल तथा टिप्पणीको जानकारी लगायतका कागजात समेत नआएको उनले जानकारी दिए ।

आयोजनाले स्थानीयको लागि चैतको पहिलो हप्तामै सेयर निस्काशन गर्ने तयारी गरेको थियो । धितोपत्रबोर्डले ढिलाई गरेको भन्दै आयोजनाले सेयर निश्कासन गर्न आनाकानी गर्दै आएको ।

आयोजनाले सेयर निश्कासन गर्दा प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण सेयर बिक्री गर्ने छ ।

स्थानीय बासिन्दाले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ अर्थात १ करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर पाउने व्यवस्था गरिएको छ ।

सेयर वितरणमा विबादित बनेको माथिल्लो तामाकोशी आयोजनाले आन्दोलनकारीको माग बमोजिम वितरण नगरिने यस अघिनै स्पष्ट पारिसकेको छ ।

तर, दोलखामा आन्दोलनरत पक्षले भने आयोजनाले गरेको अनियमितता छनविन हुनु पर्ने तथा जिल्ला बासीलाई निश्चित गरेको १० प्रतिशत सेयर न्यायोचित वितरण गर्नु पर्ने माग राख्दै आएको छ ।

आन्दोलनकारीलाई पेल्दै तामाकोशीको सेयर जेठ पहिलो साता आउने, डिम्याट खाता नचाहिने

थप जटिल बन्दै तामाकोशीको सेयर विवाद, आयोजनाको लागत र निर्माण अवधि बढ्दै

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL