Logo

२२ मेवाको माथिल्लो चाकु ‘ए’ जलविद्युत बैशाखबाट सञ्चालनमा, ९५ प्रतिशत काम सम्पन्न

२२ मेवाको माथिल्लो चाकु ‘ए’ जलविद्युत बैशाखबाट सञ्चालनमा, ९५ प्रतिशत काम सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । निजी क्षेत्रबाट निर्माणधिन सिन्धुपाल्चोकको ‘चाकु ए’ जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । शिवश्री हाइड्रोपावर कम्पनी द्धारा निर्माण भइरहेको २२ दशमलव १ मेगावाट क्षमताको सो आयोजना आगामी वैशाख सम्म सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले बताए ।

आयोजनाको कुल लागत ३ अर्ब रुपैयााँ रहेकोमा लागत वृद्धि भई हाल ४ अर्ब रुपैयाँ पुगेको छ । २०६८ मा शुरु भई ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष राखेको सो आयोजनाले २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले आयोजनामा असर पुर्याए पछि आयोजना सम्पन्न हुन ढिलाई भएको आयोजनाले जानकारी दिएको छ ।

साविक फुल्पिङकटी गाविस हाल भोटेकाशी गाउँपालिका अन्र्तगत चन्द्रापुमा बाँधबाँधी ३ दशमलव ३ किमी सुरुङमार्ग द्धारा मार्मिङको याङलेफाँटमा निर्मित विद्युतगृहमा पानी खसालिने छ । आयोजनास्थल देखि लामोसाँघुस्थित सवस्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्धारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ ।

हाल सबै काम सकिसकेको र विद्युतगृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न बाँकी रहेको आयोजनाले जनानकारी दिएको छ । कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाई समेत तीव्रता दिएको छ । कुल ६ अर्ब रुपैयाँको लगानीमा ३६ मेगावाटको विद्युत आयोजनाको निर्माण कार्यलाई तीव्रता दिएको निर्देशक कसजुले बताए । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL