Logo

पिपल्स पावर र प्राधिकरणबीच विद्युत खरिद सम्झौता, २ बर्षभित्र निर्माण गरिने

पिपल्स पावर र प्राधिकरणबीच विद्युत खरिद सम्झौता, २ बर्षभित्र निर्माण गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ४ दशमलब ९६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) सम्झौता भएको छ । पिपल्स पावर लिमिटेडको प्रबद्र्धनमा निर्माणाधिन आयोजनाको कम्नीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्री र नेपाल विद्युुत प्राधिकरणका तर्फबाट निमित्त प्रबन्ध निर्देशक जगदिश्वरमान सिंहले सो सम्झौतमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अन्तर्गत प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युतलाई नयाँ विद्युत खरिद विक्री नियमानुसार आयोजनाबाट उत्पादित विद्युतले हिउँद र बर्षयाममा ६÷६ महिनाको दरले खरिद विक्री दर प्राप्त गरेको छ । प्राधिकरणले कम्पनीसँग बर्षयामको ६ महिना प्रति युनिट विद्युत रु ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा खरिद गर्ने छ कमपनीले जानकारी दिएको छ ।

आयोजनाले प्रति मेगावाट करिव २० प्रतिशत थप बार्षिक आम्दानी गर्न सक्ने छ । साथै आयोजना सञ्चालन भए पश्चात पहिलो आर्थिक बर्षबाट बार्षिक न्यूनतम १२ प्रतिशतका दरले लाभांश उपलब्ध गराउने छ ।

पिपिए लगत्तै कम्पनीले इलामको माइपोखरी र साखेजुङ भई बग्ने पुवा खोलाबाट ४ दशमलब ९६ मेवा क्षमताको जलविद्युुत आयोजना निर्माण कार्य तिव्र रुपमा अगाढी बढाउने छ ।

सो आयोजना बढीमा २४ महिनाको अवधि भित्र सम्पन्न गरी इलामको गोदक सवस्टेशनमा अवस्थित विद्युुत प्रशासरण लाइन जोडी विद्युत प्रवाह गर्ने लक्ष्य राखेको छ । आयोजनाको कुल लागत ९० करोड रुपैयाँ रहेको छ । जसमध्ये ३० करोड रुपैयाँ सेयर लगानी मार्फत र बाँकी ६० करोड रुपैयाँ बैंकको सहवित्तियकरणमा वित्तीयकरणमा वित्तीय व्यवस्थापन गरिने छ ।

सो सम्बन्धमा नेपाल बंगलादेश बैंकबाट आशयपत्र प्राप्त भइसकेको कम्पनीले जानकारी दिएकोे छ । प्रबद्र्धक कम्पनी स्थापनाकालदेखि नै पब्लिक लिमिटेड कम्पनीमा रही आएको र १ बर्षभित्रै कम्तीमा ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरी स्थानीय बासिन्दा र सर्बसाधारणका लागि कुल सेयर लगानीको ३० प्रतिशत प्राथमिक सेयर निष्काशन गर्ने लक्ष्य रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL