Logo

इपानले पायो नयाँ नेतृत्व, अध्यक्षमा शैलेन्द्र गुरागाँई चयन

इपानले पायो नयाँ नेतृत्व, अध्यक्षमा शैलेन्द्र गुरागाँई चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को अध्यक्षमा शैलेन्द्र गुरागाईं चयन भएका छन् । इपानको बुधबार सम्पन्न पन्ध्रौ वार्षिक साधारण सभाले गुरागाईंलाई अधयक्ष चयन गरेको हो ।

यस अघि गुरागाईं उपाध्यक्ष थिए । उनको नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्ष कुमार पाण्डे, महासचिव तुक प्रसाद पौडेल आनन्द चौधरी कोषाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै आशिष गर्ग, गणेश कार्की, हिमप्रसाद पाठक, नरेन्द्र प्रजापति, प्रतिकमान सिंह प्रधान, सुधिर प्रसाद तिमिल्सिना सदस्यमा सर्वसम्मत चयन भएका छन् । सभाले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्वन्धि अवधारणा पत्रमा उल्लेख भएका ९९ बुँदाको सफल कार्यान्वयनका प्रयास गर्ने निर्णय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL