Logo

लगानी सम्मेलन मार्फत उर्जामा साढे ८ हजार मिलियन डलर भित्र्याउने सरकारको तयारी, कुन परियोजनामा कति लगानी

लगानी सम्मेलन मार्फत उर्जामा साढे ८ हजार मिलियन डलर भित्र्याउने सरकारको तयारी, कुन परियोजनामा कति लगानी



काठमाडौं । सरकारले लगानी सम्मेलन मार्फत उर्जा पूर्वधारमा ८ हजार ४ सय २३ दशमलब ८ मिलियन अमेरिकी डलर भित्र्याउने तयारी गरेको छ । चैत १५ र १६ गते हुने लगानी सम्मेलनको लागि सरकारले उर्जा पूर्वधारका ८ परियोजनालाई सोकेसमा राख्ने तयारी गरेको हो ।

laxmi

सरकारले सोकेसमा राखेका उर्जा पूर्वधारका परियोजनाहरुमा नाल्सिङ गाड हाईड्रो इलेक्ट्रिक, एसआर ६ स्टोरेज, सुनकोशी २ स्टोरेज, सुनकोशी ३ स्टोरेज, तमोर स्टोरेज, वेस्ट सेती एण्ड एसआर ६ जोइन्ट, वेस्ट सेती स्टोरेज तथा लोअर अरुण हाईड्रो इलेक्ट्रिक रहेका छन ।

सबै भन्दा बढी लगानी लोअर अरुण हाईड्रो इलेक्ट्रिकको लागत अनुमान भने १३ सय मिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै तमोर स्टोरेज हाईड्रो इलेक्ट्रिकको १२ सय १७ दशमलब ४ मिलियन अमेरिकी डलर रहेको रहेको छ ।

वेस्ट सेती एण्ड एसआर ६ जोइन्ट, तथा वेस्ट सेती स्टोरेज हाईड्रो इलेक्ट्रिकको लागत अनुमान भने १ हजार ९७ दशमलब ७÷१ हजार ९७ दशमलब ७ मिलियन अमेरिकी डलर रहेको छ । वेस्ट सेती एण्ड एसआर ६ जोइन्टको २०१२ को अनुमानित लागत भने ९ सय २७ मिलियन डलर रहेको थियो ।

नाल्सिङ गाड हाईड्रो इलेक्ट्रिक तथा एसआर ६ स्टोरेज हाईड्रो इलेक्ट्रिकको लागत अनुमान क्रमश ७ सय ३९ दशमलब ३९, ११ सय ७५ मिलियन अमेरिकी डलर रहेको छ ।

सरकारले लगानी सम्मेलनमा सोकेसमा राखेको सुनकोशी स्टोरेज हाईड्रो इलेक्ट्रिक २ र ३ को लागत भने क्रमश १ हजार २७ र ५ सय ८२ मिलियन अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL