Logo

३ बुँदे सहमति पछि ग्यास उद्योगीको आन्दोलन स्थगित, मंगलबार देखिनै बिक्री वितरण सुरु

३ बुँदे सहमति पछि ग्यास उद्योगीको आन्दोलन स्थगित, मंगलबार देखिनै बिक्री वितरण सुरु



काठमाडौ । आन्दोलनरत ग्यास उद्योगी र नेपाल आयल निगमबीच भएको ३ बुदे सहमति पछि उद्योगीको आन्दोलन स्थगित भएको छ ।

laxmi

एलपि ग्याँस लगाएत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न उच्च स्तरीय समिति गठन गर्ने सहमति पछि आन्दोलन स्थगित भएको हो ।

सहमति अनुसार निगम संचालक समितिले फागुन १७ गते गठन गरेको समितिले उद्योगी व्यवसायिका मागको सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन १५ दिन भित्रमा बुझाउने र निगमबाट एलपि ग्याँसको पिडिओ खरिद गरी एलपि ग्यासको विक्रि वितरण सुचारु गर्ने रहेको छ ।

सहमति पत्रमा निगमका कार्यकारी अध्यक्ष सुरेन्द्र पौडेल र एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन् ।

ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै ब्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL