Logo

फेरी बढ्यो पेट्रोलको मूल्य, पेट्रोलको मूल्य ११० रुपैयाँ पुग्दा डिजेल र मट्टितेलमा कति ?

फेरी बढ्यो पेट्रोलको मूल्य, पेट्रोलको मूल्य ११० रुपैयाँ पुग्दा डिजेल र मट्टितेलमा कति ?



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको हो ।

सरकारले पेट्रोलको मूल्य बढाए पछि प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । भारतबाट पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएर आए पछि नेपाल सरकारले सो मूल्य बढाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरे पनि एलपि ग्याँसमा निगमलाई अझै प्रति सिलिण्डर ३२ दशमलब ६८ पैसा घाटा रहेको छ भने मूल्य समायोजन पछि निगमलाई पाक्षिक करिव १ अर्ब १६ करोड नाफा हुने देखिन्छ ।

निगमलाई पाक्षिक १ अर्ब १६ करोड रुपैयाँ नाफा हुने अनुमान रहे पनि यस बर्षको संचित नोक्सानी भने अझै १ अर्ब २१ करोड रुपैयाँ रहेको निगमले जानकारी दिएको छ ।

निगमलाई अहिले १ अर्ब ६ करोड रुपैयाँ घाटा रहेको र मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड रुपैयाँ नाफा हुने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL