Logo

कम्पनी रजिष्ट्रार कार्यालयले सुरु गर्याे ई–पेमेन्ट, घरमै बसेर भुक्तानी सेवा

कम्पनी रजिष्ट्रार कार्यालयले सुरु गर्याे ई–पेमेन्ट, घरमै बसेर भुक्तानी सेवा



काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले आजदेखि ई– पेमेन्ट सेवाको सुरुवात गरेको छ । कार्यालयले आफ्ना सेवालाई पुर्ण अटोमेशनमा लैजाने प्रक्रियासहित आजैदेखि उक्त सेवा संचालनमा ल्याएको हो ।

कार्यालयले आगामी बर्षको साउनसम्म कार्यालयबाट हुने सम्पुर्ण कागजी कामहरु अनलाईनबाटै हुनेगरी कार्य अघि बढाएको कार्यालयका रजिष्ट्रार भुवनहरी अर्यालले जानकारी दिए ।

उनले कार्यालयलाई पुर्ण अटोमेशनमा लिनका लागि ई– पेमेन्ट पनि एक खुड्कीलो भएको र उक्त कार्यको निरन्तरतामा ध्यान पुर्याउनुपर्ने बताए । यस्तै उक्त सेवाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले कर्मचारीहरु आफ्नो पदमा हुँदा तल्लो पदका कर्मचारीहरुको सम्मान गर्नुपर्ने बताएका छन ।

उनले अहिलेको समयमा सबैले आफुलाई राजा मान्ने गरेको र उक्त विचारले आफुलाई राजा ठान्ने मान्छे जनताको भार हुने बताए । उनले कार्यालयले सुरु गरेको ई पेमेन्ट सेवाले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताउँदै यसले कम्पनी रजिष्ट्रार गर्ने बेला पारदर्शिता पनि आउने बताएका हुन । यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव यमकुमारी खतिवडाले कार्यालय पुर्ण अटोमेशनमा गईसकेपछि अबका कर्मचारीलाई आफ्नो प्रश्तुतीका आधारमा ईन्सेन्टीभको योजना ल्याउनुपर्नेमा जोड दिएकी छन ।

साथै कार्यालयले सुरु गरेको उक्त सेवामार्फत पुर्ण अटोमेशनलाई सहयोग पुग्ने भन्दै यसलाई निरन्तरता दिने भएको हो । नेपाल राष्ट्र बैंकको नियम अनुसार उक्त इपेमेन्ट मार्फत १ लाखसम्म रुपैयाँ सम्म नेपालका विभिन्न बैंकहरुबाट भुक्तानी गर्न सकिने भएको हो । यस्तै मन्त्री यादवले उक्त सेवामार्फत करिव ९५ प्रतिशत भुक्तानी गर्न सकिने बताएकाब छन ।

कार्यालयले आगामी साउनदेखि गर्न भनेको पुर्ण अटोमेशन सेवाले सम्पुर्ण कागजी कामहरु विस्थापन हुने छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL