Logo

मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुँदै, ५ बर्षभित्रमा ४९ मेवा विद्युत उत्पादन

मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुँदै, ५ बर्षभित्रमा ४९ मेवा विद्युत उत्पादन


रासस
54
Shares

काठमाडौं । ताप्लेजुङमा ४९ मेघावाटको मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
मिक्वाखोला गाउँपालिका साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट उक्त परिमाणमो विजुली निकाल्न लागिएको हो ।

मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी ५ वर्ष्भित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । करीब ९ अर्ब रुपैयाँको लागत अनुमान गरिएको आयोजना निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ ।

हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पिपीएको कार्य सकिएको कम्पनिका इञ्जिनीयर भानु पोख्रेलले जानकारी दिए । उनका अनुसार अबको एक वर्ष्भित्रै आयोजनाको निर्माण कार्य शुरु गरिनेछ । कम्पनीले मङ्सिर ५ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग अन्तक्र्रिया गरेको जनाएको छ ।

यस्तै फुङ्फुङगे झरना छेउमा इनटेक र लिवाङको नावामा पावर हाउस राख्ने कम्पनीको लक्ष्य रहेको आयोजनाका अध्यक्ष तथा सांसद वसन्तकुमार नेम्वाङले बताए । ३ महीनाभित्र परियोजनाको आइइ प्रतिवेदन आउने इञ्जिनीयर पोख्रेलले जानकारी दिए । फुङ्फुङगे झरना छेउमा ८७ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध बाँध्ने, ६ किलोमिटर सुरुङ निर्माण गरिने कम्पनीको भनाइ छ ।

आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करीब ८ किलोमिटर सडक र ढुङ्गेसाँघु सवस्टेशनसम्मको १ सय ३२ केभीको करीब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL