Logo

चेम्वर अफ कमर्स र आइआइएबीच सम्झौता, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा

चेम्वर अफ कमर्स र आइआइएबीच सम्झौता, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्डियन इन्डष्ट्रिज एसोसिएसन (आइआइए) बीच दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डियन इन्डष्ट्रिज एसोसिएसनका अध्यक्ष सुनिल वैसबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको औद्योगीक व्यापार बढाउने तथा कृषिलाइ प्रथामीकता दिने लक्ष्यसहित सो सम्झौता पत्रमा हस्ताक्षर गरेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालमा पर्यटन प्रवद्र्धन गर्न पनि सो सम्झौताले ठुलो सहयोग गर्ने उनको भनाइ थियो ।

यसका साथै इन्डियन इन्डस्ट्रिज एसोसियसनका अध्यक्ष सुनिल वैसले खुसी व्यक्त गर्दै सो सम्झौताले नेपाल र भारतको उत्तर प्रदेशको व्यापारसंग प्रत्यक्ष सम्वन्ध रहने जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL