Logo

अर्थमन्त्रीसँग निजी क्षेत्रको गुनासो, ‘लगानीको वातावरण अझै बनेन’

अर्थमन्त्रीसँग निजी क्षेत्रको गुनासो, ‘लगानीको वातावरण अझै बनेन’


बिजखबर संवाददाता
27
Shares

नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग मुलुकमा अझै लगानीको अनुकुल वातावरण बन्न नसकेको गुनासो गरेको छ । महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग भेटेर यस्तो गुनासो गरेको हो ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री कार्कीलाई लगानी प्रवद्र्धन तथा आकर्षण हुने वातावरण बनाउन आग्रह गरेको हो ।

उक्त अवसरमा अध्यक्ष राणाले विशेषगरी छिमेकी देशबाट लगानी भित्रयाउनेतर्फ ध्यान दिन आग्रह गरिन् । यसका लागि नीतिगत स्थिरता, व्यवसायिक सुरक्षा, लगानी मैत्री वातावरण निर्माण जस्ता कुरा सरकारको मुख्य प्राथमिकता हुनुपर्नेमा उनको भनाई थियो ।
अध्यक्ष राणाले सरकारी निकायबाट अनुसन्धानका नाउंमा आआफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई उद्यमी व्यवसायी माथि गरिएका धरपकड तथा मुद्दा लगायतका कार्यहरूबाट निजी क्षेत्र त्रसित भैरहेको जानकारी दिइन् । यसबाट उद्योग व्यवसायनै बन्द हुने परिस्थिति निर्माण हुंदै गएको उनको भनाई थियो ।

सो अवसरमा महासंघ प्रतिनिधिमण्डलाई संवोधन गर्दै अर्थमन्त्री कार्कीले उद्यमी व्यवसायीलाई सम्मान र प्रोत्साहन गर्न आफूले भरमग्दूर प्रयत्न गर्ने बताए । उनले  आत्मनिर्भर अर्थतन्त्रको विकासमा विशेष ध्यान दिने समेत बताए । आफ्नो चाहना राष्ट्रको आर्थिक समृद्धिनै भएकाले उद्यमी व्यवसायीहरूसंग नजिकमा रहेर कार्य गर्ने विश्वास उनले दिलाए ।

भेटमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, महासंघका महासचिव सुरेश मान श्रेष्ठलगायतको सहभागीता थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL