Logo

सेलपेको एनिभर्सरी अफर, १०० सेकेण्डभित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामान किनमेल गर्ने मौका

सेलपेको एनिभर्सरी अफर, १०० सेकेण्डभित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामान किनमेल गर्ने मौका



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।

laxmi

यस अफर अन्तर्गत ग्राहकहरुले सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० % (अधिक्तम रु. १०००) सम्म क्यासब्याक पाउनेछन् । 

यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र १ रुपैयामा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । 

सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । 

सेलपेका माध्यमबाट बास्तविक समयमा भुक्तानी ,बिना वालेट कारोबार गर्न सकिने ,सरल एवं सुरक्षित ,लोयाल्टी पोइन्ट्स पाईने प्रकार रहेको छ । 
    
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, EMI भुक्तानी, कोविड-१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार,  P2P, P2B, B2P, B2B  आदि वास्तविक समयमा गर्न सकिन्छ । 

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । 

सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्
MBL