Logo

ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा, समयमै सम्पन्न गर्न कुलमानको निर्देशन

ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा, समयमै सम्पन्न गर्न कुलमानको निर्देशन



काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

laxmi

पुसभित्र निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ तिव्र गतिमा काम भईरहेको जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो । मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ ।
सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ ।

साथै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘सबस्टेसनमा रहने ट्रान्सफर्महरको क्षमता ९ सय ४५ केभीए छ, २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ’,उनले भने, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ ।’ दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइने २ सय २० केभीमा संचालनमा छ । ढल्केबरमा ४ सय केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा संचालन हुने छ ।

माथिल्लो तामाकोसीबाट असारभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २ सय २० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती– ढल्केबर प्रसारण लाइन यसअघि नै संचालनमा आइसकेको छ ।

सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरणहरु रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ । बाँकी दुई वटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिने छ । यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ । अन्य उपकरणहरु निर्माणस्थलमा आइसकेका छन् । उपकरणहरुको जडान धमाधम भइरहेको छ ।

सबस्टेसनमा ३ सय १५ एमभीएका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन् । जसले करिब ९ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४ सय केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।

निर्देशक कुलमान घिसिङले मंगलबार निर्माण कार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन । ‘सबस्टेसन रहने तीन वटा ट्रान्सफर्मरमध्ये कम्तिमा पनि एउटा पुसभित्र (डिसेम्बर २०१९) भित्र चार्च गरिसक्नु पर्छ, यसका लागि काम गर्ने जनशक्ति थप्नुहोस्’,उनले निर्देशन दिए ।

सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेको छ । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००÷२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ ।

उत्पादित विद्युतको आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL