Logo

घरबेटीमाथी कुलमानको आक्रोस, भाडामा बस्नेमाथी विद्युतको व्यापार गर्नेलाई कारबाही

घरबेटीमाथी कुलमानको आक्रोस, भाडामा बस्नेमाथी विद्युतको व्यापार गर्नेलाई कारबाही



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बाहालमा बस्नेसँग चाहिनेभन्दा बढि विद्युत महशुल उठाएको भन्दै आक्रोस व्यक्त गरेका छन । आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घरबेटीलाई भाडामा बस्नेहरुसँग प्राधिकरणले तोकेको भन्दा बढि शुल्क लिने छुट नभएको बताएका हुन ।

laxmi

पछिल्लो समय घरबेटीले डेरामा बस्नेहरुसँग अनेक थरी कारण देखाउँदै विजुलीको धेरै पैसा अशुलेको उनको भनाई छ । ‘हामीलाई यस विषयमा धेरै गुनासोहरु पनि आएका छन,’ उनले भने, ‘अबका दिनमा पनि घरबेटीले यस्ता हर्कत देखाए हामीकहाँ आउनुहोस कानुनी उपचार दिलाउनेछौं ।’

हाल नेपाल विद्युत प्राधिकरणको ग्राहस्थ विद्युतको मूल्य प्रतियुनिट ३ रुपैयाँ देखि अधिकतम १३ रुपैयाँसम्म तोकेको उनको भनाई छ । त्यसभन्दा बढि लिएमा त्यो गैरकानुनी हुने उनले जानकारी दिए । ‘हुनत हामी प्रत्येक सेवाग्राहीको घरसम्म विद्युतको महशुल धेरै उठाईयो भनेर जान भ्याउँदैनौ,’ उनले भने, ‘तर सेवाग्राहीले नै विजुलीको बील कति आयो भनेर घरबेटीसँग माग्ने अधिकार हुन्छ सोही अनुसार हामी कार्य अघि बढाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL