Logo

लुम्बिनीमा उद्योग खोल्न रोक लगाउन सर्वोच्चको आदेश, २० टनभन्दा माथीको सवारी प्रवेश निषेध

लुम्बिनीमा उद्योग खोल्न रोक लगाउन सर्वोच्चको आदेश, २० टनभन्दा माथीको सवारी प्रवेश निषेध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रमा नयाँ उद्योग खोल्न रोक लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादूर केसी र मनोनकुमार शर्माको संयुक्त इजलाशले विश्व सम्पदा सूचीमा सुचिकृत लुम्बिनी क्षेत्रमा नयाँ उद्योग खोल्न तथा मालबाहक सवारीसाध प्रवेशमा रोक लगाउन अन्तरिक आदेश दिएको हो ।

laxmi

उद्योग तथा ठूला सवारीसाधनले विश्व सम्पदा सूचीमा सुचिकृत लुम्बिनीको मौलिकता नै संकटमा परेको भन्दै रिट परेको थियो । उक्त रिटमाथी सुनुवाई गर्दै आईतबार नयाँ उद्योग खोल्न तथा मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाउन आदेश दिएको हो ।

उक्त आदेश अनुसार अबका दिनमा लुम्बिनीको १५ किलोमिटर वरपर नयाँ उद्योग खोल्न पाईने छैन भने २० टनभन्दा माथीका मालबाहक सवारीसाधन प्रवेश गर्न पाईनेछैन ।

यसैगरी यस अघि खुलेका उद्योग र सोको वायु प्रदुषणको विषयमा अध्ययन गर्न कमिति गठन गर्न समेत आदेश दिएको छ । वातावरणविद् संलग्न सो समितिले ४ महिना भित्र अध्ययन प्रतिवेदन बुझाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL