Logo

सरकारले गर्याे कपडा उद्योगीको माग सम्बोधन, उद्योगीहरु अझै असन्तुष्ट

सरकारले गर्याे कपडा उद्योगीको माग सम्बोधन, उद्योगीहरु अझै असन्तुष्ट



काठमाडौं । सरकारले कपडा उद्योगीहरुको मागलाई सम्बोधन गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रबिधी मन्त्री गोकुल बास्कोटाले बैंक ब्याजदरमा छुट, मेशिनरी सामान आयातमा भन्सार छुट तथा विद्युत महशुलमा छुट दिने निर्णय गरेको जानकारी दिएका हुन ।

उनले कपडा उद्योगीलाई सहज हुनेगरी विद्युत महशुलमा ५० प्रतिशत नगद अनुदान, बैंक व्याजदरमा ५ प्रतिशत अनुदान, मेशिनरी सामान आयातमा १ प्रतिशत भन्सार छुट लगाएतका सुविधा दिएको बताएका छन ।

तर सरकारले दिन लागेको उक्त सहुलियतले पनि आफ्ना कपडा उद्योगहरु संचालन गर्न गाह्रो हुने कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिए । उनले १३ प्रतिशत भ्याट फिर्ताको सुविधा हटाएको भन्दै हाल उक्त सुविधाको जम्मा ३ प्रतिशत मात्रै धान्ने गरी सहुलियतको सुविधा ल्याएको भन्दै असहमती जनाएका हुन ।

उनले सरकारको उक्त सुविधाले पनि कपडा उद्योग संचालन गर्न नसकिने बताए । ‘सरकारले हाम्रो माग सम्बोधन गर्न आनाकानी गरिरहेको छ,’ उनले भने, ‘यसरी हाम्रा उद्योगहरु संचालन गर्न नसकिने र बन्दै गर्नुपर्ने अवस्थामा पुग्ने भएका छन ।’
सरकारले स्वदेशमा उद्योग संचालनको वातावरण सिर्जना नगरेको र कपडा चोरी पैठारीलाई नै प्रश्रय दिएको आरोप पनि लगाएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL