Logo

नेपाल बंगलादेश बैंकद्धारा प्रभातफेरी कार्यक्रम सम्पन्न, वित्तीय साक्षरताको उद्देश्य

नेपाल बंगलादेश बैंकद्धारा प्रभातफेरी कार्यक्रम सम्पन्न, वित्तीय साक्षरताको उद्देश्य



काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार कमलादी, काठमाडौंस्थित आफ्नो प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए ।

laxmi

बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट शुरू भइ शहिद गेट, न्युरोड गेट, जुद्ध शालिक भर्इ इन्द्रचोक, असन, जमल, दरबारमार्ग हुदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो । सो कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदालगायत बैंकिंग कारोबारका फाइदाहरुको बारेमा जानकारी दिएका थिए । साथै उनले यस्ता कार्यक्रमले साधारण जनमानसमा वित्तीय साक्षरता बारे आवश्यक जानकारी प्रवाह हुने र बैंकिंग कारोबारमा चुस्तता आउने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL