Logo

लक्ष्मी बैंकले दोहा बैंकबाट पायो २ अर्ब ४० करोडको ऋण

लक्ष्मी बैंकले दोहा बैंकबाट पायो २ अर्ब ४० करोडको ऋण



काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर (दुई अर्व ४० करोड रुपैयाँ) बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ।

laxmi

ऋण सम्झौतामा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

लक्ष्मी बैंकले विदेशी मुद्रामा ऋण लिनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा छ। यो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको पनि बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL