Logo

सिटिजन्स बैंकको सुर्खेत शाखा आफ्नै भवनमा, कर्णाली प्रदेशका ७ शाखाबाट व्यापार विस्तार

सिटिजन्स बैंकको सुर्खेत शाखा आफ्नै भवनमा, कर्णाली प्रदेशका ७ शाखाबाट व्यापार विस्तार



काठमाडौं । सिटिजन्स बैंकले सुर्खेतमा रहेको आफ्नो शाखा कार्यालय आफ्नै भवनबाट सुरु गरेको हो । बैंकले आईतबारदेखि हाल रहेको सुर्खेत शाखा कार्यालय भन्दा करिव ५ सय मिटर दक्षिण—पश्चिममा रहेको जुम्ला रोड, विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको हो ।

laxmi

उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु ( डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू हुने भएका छन ।

पूजा पाठ गरी बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय संचालनमा ल्याएको हो ।बैंकले हाल ९४ वटा शाखा, ९४ वटा एटिएम र १ सय ३ वटा शाखा रहित बैंकिङमार्फत सृवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL