Logo

कामना सेवा बिकास बैंकको क्यासब्याक योजना सार्वजनिक, मोबाईल टपअपमा २५ प्रतिशत क्यासब्याक

कामना सेवा बिकास बैंकको क्यासब्याक योजना सार्वजनिक, मोबाईल टपअपमा २५ प्रतिशत क्यासब्याक



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले उक्त योजना संचालनमा ल्याउको हो ।

laxmi

एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि योजना संचालनमा ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल १२३ शाखा तथा ६४ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमएस, मोबाईल बैंकिङ, सिआश्वालगायत सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL