Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान



काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।

laxmi

अस्पतालमा जडान गरेको उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावलले उद्घाटन गरेकान हुन ।

अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो । बैंकले १०२ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL