Logo

माछापुच्छ्रे बैंकको किसान कार्ड सेवा सञ्चालनमा, ४ लाख सम्मको कृषि कर्जा प्राप्त गर्न सकिने

माछापुच्छ्रे बैंकको किसान कार्ड सेवा सञ्चालनमा, ४ लाख सम्मको कृषि कर्जा प्राप्त गर्न सकिने



काठमाडौं । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ।

laxmi

बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसंगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्तरगत किसानहरुले रु ४ लाखसम्मको कृषि कर्जा किसान कार्डमार्फत प्राप्त गर्नेछन्।

पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसंग आवद्ध बाँके जिल्लाको खजुरा गापामा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ। सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ।

उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन्।

बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोग गरि आयआर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु लगायत १३८ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा २८२ स्थानवाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १७२ वटा एटीएमहरु मार्फत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL