Logo

पैसाको सट्टा कार्ड बोकेर विदेश जानु भएको छ ?, एटिएम ह्याक बढेसँगै राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था !

पैसाको सट्टा कार्ड बोकेर विदेश जानु भएको छ ?, एटिएम ह्याक बढेसँगै राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था !



काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्ड बोकेर विदेश जाने नेपालीहरुका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

laxmi

पछिल्लो समय एटीएम कार्ड ह्याक गरी पैसा निकाल्ने क्रम बढेसँगै तत्कालका लागि एक बैंकको कार्डमार्फत अर्को बैंकबाट पैसा निकाल्न रोक लगाईएको छ । यसरी रोक लगाउँदा बैंकको प्रिपेड, डेविट तथा क्रेडिट कार्ड लिएर विदेश भ्रमणमा तथा उपचारमा जाने नेपालीलाई समस्या पर्ने भन्दै राष्ट्र बैंकले बैकल्पिक व्यवस्था गरेको हो ।

एक बैंकको कार्ड अर्को बैंकमा नचल्दा प्रिपेड, डेविट तथा क्रेडिट कार्ड लिएर विदेश जाने नेपालीलाई समस्या पर्ने भन्दै तत्कालका लागि बैकल्पि व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए ।

कार्ड ह्याक गरी पैसा निकाल्ने क्रम बढेसँगै यही भदौं १८ गतेदेखि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को होस्टिङ तथा स्विचङ सेवा अवरुद्ध भएको छ । जसका कारण जुन बैंकको कार्ड हो सोही बैंकको एटिम प्रयोग गरेर मात्र पैसा निकाल्न सकिन्छ । विदेशमा उक्त सुविधा नहुने भएकाले बैकल्पि माध्यमबाट रकमान्तरको सुविधा प्रदान गरिएको हो ।


जसका लागि कार्ड बोक्ने व्यक्तिको निवेदन वा सम्बन्धित व्यक्तिले अख्तियारी प्रदान गरेको व्यक्ति वा संस्थाको विदेश स्थित बैंक खातामा पैसा रकमान्तर गरेर समेत पैसा निकाल्न सकिने छ ।
साथै भारतको हकमा भने त्यहाँ स्थित आईएमई रेटिम तथा प्रभु रेमिटको काउण्टरबाट समेत उक्त सुविधा लिन सकिने पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL