Logo

मौद्रिक नीति आज ४ बजे र्याडिशन होटलबाट सार्वजनिक, सिसिडीमा सहुलियत मर्जरलाई प्रोत्साहन मात्र

मौद्रिक नीति आज ४ बजे र्याडिशन होटलबाट सार्वजनिक, सिसिडीमा सहुलियत मर्जरलाई प्रोत्साहन मात्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको । राष्ट्र बैंकले आज अपराह्न ४ बजे र्याडिशन होटलबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

laxmi

विज मर्जरमा दिईने सेवा सुविधा तथा तरलता बढाउने जस्ता विषयमा कुरा नमिल्दा लामो समयदेखि मौद्रिक नीति ल्याउने विषयमा अन्योल रेहेको थियो । तर, सो विषयमा मंगलबार बसेको संचालक समितिको बैठकले केही हदसम्म टुङ्गो लगाएको र आज बिहान बसेको बैठकले अपराह्न ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

राष्ट्र बैंकले चालू आब सुरु हुनुभन्दा अघि नै मौद्रिक नीति सार्वजनिक गर्ने गरेको भएपनि यसपटक बिग मर्जरको बहस तथा अन्तिम समयमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाल र अर्का संचालक अर्थ सचिव राजन खनाल विदेश भ्रमणमा जाँदा केही ढिलाई भएको बैंक स्रोतले जानकारी दिएको छ ।

केही समयअघिसम्म विग मर्जर वा फोर्स मर्जरको विषयमा ठूलो हल्ला चलेपनि आज आउने मौद्रिक नीतिले प्रोत्साहन मात्र गर्ने भएको छ । तर, बजारमा लगानी योग्य रकम ल्याउन सिसिडीमा भने सहुलियत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL