Logo

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्धबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्धबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशन एकेडेमीबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच लर्ड बुद्ध एजुकेशनल एकेडेमी द्धारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज र बैंकबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।

laxmi

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा साउन १ गते बाट लागु हुने गरि १० प्रतिशतसम्मको छुट प्रदान गरिने भएको हो ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्का र लर्ड बुद्ध एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डा सुरेश कुमार कानोडियाले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL