Logo

सनराईज बैंकको ‘सबै नेपालीको बैंक खाता’ अभियान, कास्कीका ३०० घरमा वित्तीय साक्षरता कार्यक्रम

सनराईज बैंकको ‘सबै नेपालीको बैंक खाता’ अभियान, कास्कीका ३०० घरमा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । सनराइज बैंकले कास्कीको रुपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

laxmi

नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता’ अभियानलाई निरन्तरता दिदैं, सनराइज बैंकले ज्येष्ठ २६ मा रुपा गाउँपालिका वडा नं. २ ,थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमको सुरुवात रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयका निर्देशक डा. रविन्द्र घिमिरेले गरेका हुन ।

सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले, सनराइज बैंकको सनराइज समृद्धि बचत खाता बैशाख १ गतेबाट शुभारम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL