Logo

सबै नेपालीको बैंक खाता अभियान सुरु, नयाँ खाता खोल्दा १ सय रुपैयाँ पाईने

सबै नेपालीको बैंक खाता अभियान सुरु, नयाँ खाता खोल्दा १ सय रुपैयाँ पाईने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि सबै नेपालीको बैंक खाता अभियान सुरु गरेका छन । प्रधानमन्त्री ओलीले चालु आर्थिक बर्षको बजेटमा उल्लेख भएअनुसार नयाँ बर्षको अवशर पारेर सबै नेपालीको बैंक खाता अभियानको सुरुवात गरेका हुन ।

laxmi

उक्त अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् । अभियानमा खाता नहुनेहरुलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिएको प्रधानमन्त्रीले जानकारी दिएका छन ।

उनका अनुसार अब बैंकका सर्वसाधारणले खाता खोलेवापत उल्टो पैसा पाईने छ ।
केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउने पाउने सहुलियत दिएको हो । जसले गर्दा नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL