Logo

५ जिल्लामा मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम, स्कुलका विद्यार्थीलाई वित्तीय शिक्षा

५ जिल्लामा मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम, स्कुलका विद्यार्थीलाई वित्तीय शिक्षा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सबैमा वित्तीय साक्षरता आजको आवश्यकता’ भन्ने नारा लिएर ५ स्थानमा सो कार्यक्रम गरेको हो ।

laxmi

बैंकले तनहुँको जलदेवि माध्यामिक विद्यालय, कास्कीको ज्ञान ज्योति विद्याकुञ्ज मावि, रुपन्देहीको जनकल्याण उच्च मावि, पर्वतको नवजागृत उमावि र चितवनको त्रिपुरेश्वर कृषि सहकारी संस्थामा सो कार्यक्रम गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL