Logo

एनआईसी एशिया बैंकको स्मार्ट टेलर संचालनमा, विना चेक पैसा निकाल्न सकिने

एनआईसी एशिया बैंकको स्मार्ट टेलर संचालनमा, विना चेक पैसा निकाल्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो टेलरलाई आधुनिकिकरण गर्दै स्मार्टटेलर संचालनमा ल्याएको छ । बैंकले बुधबार आफ्ना सबै शाखा कार्यालयहरुका टेलरलाई आधुनिकिकरण गर्दै उक्त स्मार्टटेलर संचालनमा ल्याएको हो ।

laxmi

उक्त स्मार्टटेलरमार्फत बैंकका ग्राहकहरुले चेक विना नै आफ्नो मोवाईल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी काउन्टरबाट रकम झिक्न सक्नेछन ।

बैंकको उक्त सेवाले डिजिटल बैंकिङको विकासमा थप उचाई प्राप्त गरेको बैंकको विश्वास छ ।

बैंकले हाल नेपालभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL