Logo

ग्लोबल आइएमई बैंकको ३ शाखारहित बैंकिङ सेवा विस्तार, बिना धितो १५ लाख ऋण

ग्लोबल आइएमई बैंकको ३ शाखारहित बैंकिङ सेवा विस्तार, बिना धितो १५ लाख ऋण



काठमाडौं । ग्लोबल आइएमई बैंकले एकै दिन ३ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

laxmi

बैंकले बाग्लुङको बाग्लुङ नगरपालिका १२ अमलाचौर, डोटीको केआईसिहं गाउँपालिका २ तिखातर र रोल्पाको लुंग्री गाउँपालिका १२ सिर्पमा सेवा विस्तार गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवा मार्फत ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन । उक्त सेवा मार्फत निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, कर्जाको व्याज भुक्तानी गर्ने लगायतको सेवा लिन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले १ सय ३३ शाखा, १५ राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, ८ एक्सटेन्सन काउण्टर तथा १ सय २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेश्नल कर्जा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL