Logo

बैंकका सबै शाखाबाट सहुलियतपुर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

बैंकका सबै शाखाबाट सहुलियतपुर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन



काठमाडौँ । राष्ट्र बैंकले बैंकहरूका सबै शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सबै बैंकहरुलाई उक्त निर्देशन दिएको हो । चार महिनाअघि ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्य्विधि २०७५’ तयारी गरी सरकारले लागू गर्न निर्देशन दिएको थियो ।

सर्वसाधारणले कार्य्विधिबमोजिम कर्जा नपाएको गुनासो गरेपछि राष्ट्र बैंकले योग्य र इच्छुकलाई वाणिज्य बैंकहरूका सबै शाखाबाट कर्जा उपलब्ध गराउन बुधबार निर्देशन जारी गरेको छ । चार महिनाअघि तयार पारिएको कार्य्विधिअनुसार सात प्रकारका कर्जा पाउने उल्लेख छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जालगायत शीर्षकमा सर्वसाधारणले तीन लाखदेखि पाँच करोड रुपैयाँसम्म कर्जा लिन पाउँछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL