Logo

एनआईसी एशियाको नयाँ शाखा झापाको फाल्गुनन्दमा, शाखा संख्या २ सय ७० पुग्यो

एनआईसी एशियाको नयाँ शाखा झापाको फाल्गुनन्दमा, शाखा संख्या २ सय ७० पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा झापाको फाल्गुनन्दमा संचालनमा ल्याएको छ ।

बैंकले शुक्रबार एक कार्यक्रमका बीच दमक फाल्गुनन्द चोक वडा नं १, झापा स्थित फाल्गुनन्द चोक शाखा संचालनमा ल्याएको हो । बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले उक्त शाखाको उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी दिए ।

बैंकले हाल देसभर २ सय ७० शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL