Logo

७ वटा भन्सारमा काउन्टर स्थापना गर्दै प्रभु बैंक, अर्काे हप्तादेखि संचालनमा

७ वटा भन्सारमा काउन्टर स्थापना गर्दै प्रभु बैंक, अर्काे हप्तादेखि संचालनमा



काठमाडौं । नेपाल भारत सिमामा पर्ने ७ ओटा भन्सार कार्यलयमा प्रभु बैंकले आफ्ना बैंकिङ काउन्टर स्थापना गर्ने भएको छ ।

बैंकले नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ कारोवार शुरु गर्ने भएको हो ।
बुधबार उक्त सेवा संचालनसम्बन्धी सम्झौंतामा भन्सार बिभागका महानिर्देशक तोयम राय र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बीच हस्ताक्षर भएको हो ।

झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्ने जानकारी दिएको छ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुने बिश्वास बैंकले लिएको छ ।

बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL