Logo

मुक्तिनाथ बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङबीच सम्झौता, ग्रामिण उद्यमीको प्रवर्द्धन

मुक्तिनाथ बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङबीच सम्झौता, ग्रामिण उद्यमीको प्रवर्द्धन



काठमाडौं । मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ बीच एक सम्झौता भएको छ । मंगलबार उक्त बैंक र कम्पनीबीच नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरण मैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल ईन्जिनियरीङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL