Logo

सेञ्चुरी बैंकको मुनाफा ९८ प्रतिशतले बृद्धि, खुद मुनाफा २७ करोड

सेञ्चुरी बैंकको मुनाफा ९८ प्रतिशतले बृद्धि, खुद मुनाफा २७ करोड



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षमा ९८ प्रतिशत खुद मुनाफा गरेको छ । बैंकले चालु आवाको असोज मसान्त सम्ममा २७ करोड रुपैयाँ मुनाफा गरेको हो । यो मुनाफा गत आवको तुलनामा ९८ प्रतिशतले बढी हो ।

बैंकले असोज मसान्त सम्ममा ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन तथा ५८ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । गत वर्षको तुलनामा बैंकले निक्षेपमा ३८ प्रतिशत तथा कर्जामा ४२ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १० शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL