Logo

अनलाईनबाटै जनता बैंकको खाता, विदेशबाट पनि खाता खोल्न सकिने

अनलाईनबाटै जनता बैंकको खाता, विदेशबाट पनि खाता खोल्न सकिने



काठमाडौं । जनता बैंक नेपालले अन लाइनबाटै खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त सुविधा प्रयोग गर्न बैंकको वेभसाईटमा लगअन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट खाता खोल्न सकिने छ । साथै बैंकको वेभसाईट लगअन गरी बैंकका सबै शाखामार्फत खाता खोल्न सकिने समेत जानकारी दिएको छ ।

सूचना प्रविधि मार्फत सहज र सुलभ रुपमा सजिलै बैंकिङ पहुच पुर्याउने उद्देश्यले बैंकले सो सेवा संचालनमा ल्याएको हो ।
अनलाईन सेवाबाटै खाता खोल्ने सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा वा विदेशमा रहेका नेपालीहरुले सजिलै बैंकको सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिइएको छ । साथै यो सेवा हाललाई व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग हुने बैंकले जानकारी दिएको छ ।

अनलाइनबाट खाता खोले पछि ग्राहकको खाता नम्बर र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने भएको छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्नको लागि भने ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL