Logo

सिटिजन्स बैंकको शाखा थानकोटमा, लघुकर्जा देखि रिलेट बैंकिङ सुविधा

सिटिजन्स बैंकको शाखा थानकोटमा, लघुकर्जा देखि रिलेट बैंकिङ सुविधा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको थानकोटमा शाखा विस्तार गरेको छ । बैंकले संचालनमा ल्याएको ८० औं शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्घाटन गरेका हुन् ।

उक्त शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य रहेको छ ।

उक्त शाखाका प्रवन्धक ध्रुव सुवेदीले शाखामार्फत सुविधाजनक बचत खाता, मुद्दती निक्षेप, लकर, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु प्रदान गर्ने बताएका छन ।

बैंकले ८० शाखा, ७३ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड लगायतको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL