Logo

एनआईसी एशिया र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्झौता, उपचारमा १० प्रतिशत छुट

एनआईसी एशिया र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएको छ ।

सम्झौता पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन ।

बैंकले २ सय ३३ शाखा, २ सय २१ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १५ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७४करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

बैंकको कुलकर्जा करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL