Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय प्रहरी ललितपूरलाई ७ लाख रुपैयाँ सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय प्रहरी ललितपूरलाई ७ लाख रुपैयाँ सहयोग



काठमाडौं । सिटिजन्स बैंकले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ७ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले उक्त रकमको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई मंगलबार एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो ।

बैंकले प्रत्येक महिनाको पहिलो हप्ता ‘बेस्ट पुलिस अफ दि मन्थ ललितपूर’ कार्यक्रमको लागि सो रकम सहयोग गरेको हो । बैंकले सहयोग गरेको उक्त रकमबाट हरेक महिना तीन विधा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन र जनमैत्री सामाजिक सचेतना मुलक कार्यक्रम) मा पुरस्कृत हुने १÷१ जना प्रहरीलाई २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्दछ ।

असारको ३ जना उत्कृष्ट प्रहरी कर्मचारीलाई सोमबार एक कार्यक्रका गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले नगद पुरस्कार २० हजार रूपैयाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

कार्यक्रममा अधिकृत भण्डारीले प्रहरीहरुलाई कर्तव्य प्रति उत्कृष्ट ढङ्गले कार्य सम्पादन गरिरहेको हुदाँ निरुत्साहित नभई अर्को महिनामा पुरस्कार पाउने गरी उच्च मनोवलका साथ कार्य सम्पादन गर्न समेत आग्रह गरेका छन ।

सो अवसरमा अधिकृत भण्डारीले सम्झौताबाट बैंक र प्रहरी बीच सहकार्य र प्रहरी मेरो साथीको भावना वृद्धि हुने बताएका छन । कर्मचारीहरुलाई अझ वढी जिम्मेवार तथा काम प्रति उत्तरदायी बनाउन उच्च मूल्यांकन र पुरस्कृत गर्ने लक्ष्य राखिएको परिसरका प्रमुख ऐरले बताए ।

बैंकले ७८ शाखा, ७० ए.टि.एम. तथा ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स, बैकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा उपलब्ध गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL