Logo

राष्ट्रिय वाणिज्य बैकको ३ शाखा विस्तार, पुग्यो रसुवा, खोटाङ र मुगुमा

राष्ट्रिय वाणिज्य बैकको ३ शाखा विस्तार, पुग्यो रसुवा, खोटाङ र मुगुमा



काठमाडौं । राष्ट्रिय वाािणज्य बैंकले मुगुको सोरु, रसुवाको कालिकास्थान र खोटाङको बाक्सिलामा शाखा विस्तार गरेको छ ।

स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न स्थानीय तहमा शाखा विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिएका छन ।

थप शाखा सँगै बैंकको शाखा २ सय ४ पुगेको छ । बैंकले २ सय ४ शाखा, १ सय ३५ एटिएम तथा ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व रुपैयाँ निक्षेप संकलन गरी १ खर्व १२ अर्व रुपैयाँ कर्जा लगानी गरी ३ अर्व ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL