Logo

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वर, थप शाखा स्थानान्तरण गर्दै

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वर, थप शाखा स्थानान्तरण गर्दै



काठमाडौं । प्रभु बैंकले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमकाबीच सोमबार (आज) बाट ज्ञानेश्वरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

सो शाखाको बैंकका संचालक पुष्पबहादुर प्रधानले उद्घाटन गरेका हुन् । बैंकले मर्जरको क्रममा दोहोरिन गएको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरेको हो ।

साथै बैंकले मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने जानकारी दिएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL