Logo

बेतालीमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संख्या ७९ पुग्यो

बेतालीमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संख्या ७९ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको बेतालीमा शाखारहीत बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ७९ औं बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

साथै बैंकले उक्त शाखाको लागि स्थानीय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL