Logo

मुक्तिनाथ विकास बैंकको शाखा भक्तपुरमा, तरलता अभावको समस्या लामो समय नरहने

मुक्तिनाथ विकास बैंकको शाखा भक्तपुरमा, तरलता अभावको समस्या लामो समय नरहने


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको भक्तपूरमा रहेको शाखाको एक कार्यक्रम गरि उदघाटन गरेको छ छ । कमलविनायकमा रहेको उक्त शाखाको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठले उदघाटन गरेका हुन् ।

सो अवसरमा श्रेष्ठले मुक्तिनाथ बैँकको ‘जनता  बैंकमा होइन बैंक  जनतामा जानु पर्दछ’ भन्ने नाराले नै बैंकको प्रगतिको आधार भएको बताए । साथै बर्तमान समयमा बैंक तथा बित्तीय संस्थाले भोग्दै आएको तरलताको समस्याले गर्दा बैंकहरुबीचमा ब्याजदरको प्रतिस्पर्धा बढ्न गएको प्रति दुख ब्यक्त गरेका छन ।

तरलता अभावको समस्या लामो समय सम्म नरहने हुँदा यस अल्पकालिन अभावको समस्यालाई बैंकहरु एक आपसमा मिलि अन्त्य गर्नु पर्नेमा श्रेष्ठले जोड दिएका छन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको भावी योजनाको बारेमा जानकारी गराएको बिज्ञप्तिमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL