Logo

६ महिना भित्र पूर्वाधार विकास बैंक संचालनमा, ५ अर्ब ४० करोड जम्मा गर्दै इमर्जिङ नेपाल

६ महिना भित्र पूर्वाधार विकास बैंक संचालनमा, ५ अर्ब ४० करोड जम्मा गर्दै इमर्जिङ नेपाल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अबको ६ महिना भित्रमा पूर्वाधार विकास बैंक संचालनमा आउने भएको छ । देशको पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन तथा लगानी गर्ने उद्देश्यले स्थापना गर्न लागिएको सो बैंकको स्थापना अन्तिम चरणमा पुगेको इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले बताए । ‘राष्ट्र बैंकले लगानीकर्ताको सम्बन्धमा कुनै उजुरी भएमा १५ दिनको समय दिएर सुचना प्रकाशित गरेको छ,’ उनले भने, ‘उक्त समयाबधि सकिए लगत्तै राष्ट्र बैंकबाट लेटर अफ इन्ट्रेस्ट (एलओआई)को लागि प्रक्रिया अघि बढाउने छौं ।’

आत्रेयका अनुसार राष्ट्र बैंकले निकाले १५ दिने सुचनाको मिति सकिए लगत्तै ४५ प्रतिशत रकम जम्मा गरेर एलओआईका लागि प्रक्रिया अघि बढाउने छ । ‘एलओई लिनका संस्थापकतर्फको कुल १२ अर्ब रुपैयाँको ४५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सुचनाको मिति सकिए लगत्तै ५ अर्ब ४० करोड रुपैयाँ जम्मा गर्ने छौंं ।’ साथै एलओआई पाएको ६ महिना भित्र बैंक संचालनमा आइसक्ने समेत उनले जानकारी दिए ।

हाल पूर्वाधार बैंक स्थापनाका लागि इमर्जिङ नेपालको तर्फबाट प्रायःजसो काम सकिएको र राष्ट्रबाट स्वीकृति पाएलगत्तै संचालनमा आउने उनले जानकारी दिए । पूर्वाधार विकास बैंक स्थापनाका लागि इमर्जिङ नेपालको नेतृत्वमा आइएमई ग्रूप, गोल्छा अर्गनाइजेशन, विशाल ग्रूप, दुगड ग्रूप, ज्योति समुह, सानिमा बैंक, कर्मचारी सञ्चयकोष लगायत करिब ४० वटा व्यवसायीक घरनाको संलग्नता रहेको उनले जानकारी दिए ।

यसैगरी नेपाल राष्ट्र बैंकले पनि पूर्वाधार विकास कम्पनीमा लगानी गर्ने व्यक्ति वा समुहको वारेमा कुनै गुनासा भएमा उजुरी दिन १५ दिनको समय दिएको र सो अबधिमा कुनै उजुरी नआएमा नियम अनुसार दर्ता प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ । ‘राष्ट्र बैंकले यस अघि पनि लगानीकर्ताको बारेमा सम्पूर्ण अध्ययन गरिसकेको छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘थप केही गुनासा भएमा उजुरीका लागि १५ दिनको समय दिएका हौं ।’ साथै सो अबधिमा कुनै गुनासा नआएमा राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापनका लागि प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

सो बैंक स्थापना भएसँगै पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी, ठूला परियोजना संचालन, कुनै परियोजनका लागि रकम जुटाउने काम गर्दछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL