Logo

एनआइसी एशियाको सी आस्वा सेवा मंगलबारदेखि सञ्चालनमा

एनआइसी एशियाको सी आस्वा सेवा मंगलबारदेखि सञ्चालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सी—आस्वा सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई समयमै सी—आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले मंगलबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा मिति २०७४/११/११ बाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका थियो ।

उक्त प्रणाली मार्फत आवेदन दिंदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य गरिएको हो ।

यससँगै बैंकका ग्राहकहरुले १६८ वटै शाखाहरुबाट सहज रुपमा सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई सी—आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै बैंकबाट सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् ।

यसैगरि अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी—आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बंैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL