Logo

सनराइज बैंकको एकै दिन तीन शाखा विस्तार, देशभर ७५ शाखा पुगे

सनराइज बैंकको एकै दिन तीन शाखा विस्तार, देशभर ७५ शाखा पुगे


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंकले एकै दिन तीन वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आइतबार थप तीन नयाँ शाखाको विस्तार गरेको हो ।

बैंकले पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाकेँको नरैनापुरमा उक्त शाखा विस्तार गरेको हो । विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा, मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यसैगरी नरैनापुर शाखाको नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालक गुरु पौडेलले संयुक्त रुपमा उदेघाटन गरेका हुन् ।

आइतबार खुलेको तीन शाखासँगै बैंकको शाखा संख्या ७५ वटा पुगेको छ ।साथै बैंक ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा २० वटा शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL