Logo

एनआईसी एसियाको अनलाइन बचत खाता सञ्चालनमा, घरबाटै रकम जम्मा गर्न सकिने

एनआईसी एसियाको अनलाइन बचत खाता सञ्चालनमा, घरबाटै रकम जम्मा गर्न सकिने


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया अनलाइन बचत खाता’ संचालनमा ल्याएको छ ।

यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्नेछन् ।

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त छ ।

बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी एइक् मेशिन मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब ६ लाख ३० हजार ग्राहक महानुभावहरुमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको यस बैंकले यस अनलाइन बचत खाता मार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL